|
令和8年4月15日(水)以降に申請する場合、カテゴリー3または4に当てはまる人は、次の書類を追加で提出する必要があります。 ・会社(所属機関)の代表者についての申告書 ・(主に言語を使って人と接する仕事をする場合)仕事で使う言語について、CEFR B2レベル以上の能力があることを証明する書類 注1:次の場合は、日本語能力がCEFR B2レベル相当とみなされます。 ・JLPT N2以上を持っている ・BJT(ビジネス日本語能力テスト)で400点以上を取っている ・中長期在留者として20年以上日本に住んでいる ・日本の大学を卒業、または高専・専門学校の専門課程などを修了している ・日本の義務教育を終えて、高校を卒業している 注2:次のような場合は提出が必要です。 ・在留資格認定証明書、在留資格変更、在留資格取得の申請で、 「翻訳・通訳」やホテルのフロントなど、言語能力を使う仕事をする場合 ・すでに日本に住んでいる人でも、仕事の内容変更や転職で、言語を使う仕事になった場合は、在留期間更新のときに提出が必要です ※上記以外の場合でも、審査の内容によって提出を求められることがあります。 注3:在留期間更新のとき、前と同じ仕事を続けている場合は、通常は提出不要です。 ただし、審査の中で必要と判断された場合は提出を求められることがあります。 २०२६ अप्रिल १५ (बुधबार) पछि गरिने आवेदनहरूका लागि, यदि तपाईं क्याटेगोरी ३ वा ४ मा पर्नुहुन्छ भने, तलका थप कागजातहरू पेश गर्नु आवश्यक हुनेछ। ・संस्थाको प्रतिनिधि सम्बन्धी घोषणा पत्र ・(मुख्य रूपमा भाषा प्रयोग गरेर मानिससँग सम्बन्धित काम गर्ने अवस्थामा) काममा प्रयोग हुने भाषामा CEFR B2 स्तर बराबरको भाषा क्षमता भएको प्रमाण कागजात टिप्पणी १: तलका अवस्थामा जापानी भाषा क्षमता CEFR B2 स्तर बराबर मानिन्छ। ・JLPT N2 वा सोभन्दा माथि पास गरेको ・BJT (Business Japanese Test) मा 400 वा सोभन्दा बढी अंक प्राप्त गरेको ・मध्य वा दीर्घकालीन बसोबासको रूपमा २० वर्षभन्दा बढी जापानमा बसेको ・जापानको विश्वविद्यालयबाट स्नातक गरेको वा उच्च प्राविधिक कलेज/विशेषज्ञ विद्यालयको कोर्स पूरा गरेको ・जापानको अनिवार्य शिक्षा पूरा गरी उच्च विद्यालय पास गरेको टिप्पणी २: तलका अवस्थामा कागजात पेश गर्नुपर्छ। ・Residence Status Eligibility Certificate, Status Change, वा Status Acquisition को आवेदन गर्दा, जस्तै “अनुवाद/दोभाषे” वा होटल फ्रन्ट जस्ता ग्राहक सेवा कामहरू जहाँ भाषा क्षमता प्रयोग गरिन्छ ・पहिलेदेखि जापानमा बसिरहेका व्यक्तिहरूले पनि, काम परिवर्तन वा नयाँ काममा भाषा प्रयोग हुने भएमा, 在留期間更新 (भिसा नवीकरण) गर्दा कागजात पेश गर्नुपर्छ ※ माथि उल्लेख नभएको अवस्थामा पनि, जाँचको आधारमा कागजात मागिन सक्छ। टिप्पणी ३: भिसा नवीकरणको समयमा, पहिले जस्तै काम निरन्तर गरिरहेको भए सामान्यतया पेश गर्नुपर्दैन। तर आवश्यक परेमा जाँचको क्रममा माग गर्न सकिन्छ। Source:: https://www.moj.go.jp/isa/applications/status/gijinkoku.html
|